नेप्से इन्ट्राडे अपडेट: केही अंकको वृद्धि!

आज सोमबार नेप्से बजार ११.५८ अंकले बढेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१०८ को नजिक आएको छ।  ११.५८ अङ्कले बढेर नेप्से परिसूचक २१०८.८७ मा आएको हो। आज २ घण्टामा लगभग १अर्ब ७० करोड ७७ लाखको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा सीवाईसी नेपाल लघुवित्त  रहेका छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सिटिजन म्युचल फण्ड रहेको छ।

Comments

Back to top