समाज लघुवित्तको लाभांश घोषणा
समाज लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीको असार ५ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण हुनेछ ।
स्वस्तिक लघुवित्तसँग मर्जर प्रकृयामा रहेको कारण यसको सेयर कारोबार भने लामो समय देखिनै रोक्का रहेको छ । समाज र स्वस्तिक लघुवित्तबीच हुने भनिएको मर्जर प्रकृया पनि भंग भइसकेको छ ।
समाजको साधारण सभाले स्वस्तिक सँगको मर्जर प्रस्ताव पारित नगरेपछि मर्जर प्रस्ताव भंग भएको थियो । मर्जरपश्चात बन्ने कम्पनीको केन्द्रीय कार्यालय सैद्धान्तिक सहमतिमा उल्लेख भए अनुसार बर्दीबास महोत्तरी नभई साविकको स्वस्तिक लघुवित्तको केन्द्रीय कार्यालय लाहानमा राख्ने भएकोले स्वस्तिक लघुवित्तसँग मर्जर गर्न नसकिने समाजले जनाएको थियो ।
Comments