बार्क बार: दिगोपन र समावेशीता प्रवर्द्धन गर्दै
बार्क (BARC) एक बार हो जुन रोमान्चक ककटेल अनुभवको साथसाथै महिलाहरूको लागि आरामदायी कार्यस्थल र वातावरण सिर्जना गर्न प्रतिबद्ध छ। बार्क टोलीले व्यवसायको लागि आवश्यक चुनौतीको रूपमा सामाजिक प्रभाव सिर्जना गर्नुको महत्त्व बुझ्दछ। बार्क कुनै पनि हिच्किचाहटबिना ग्राहकहरू र कर्मचारीहरूका लागि नि:शुल्क सेनेटरी प्याड डिस्पेन्सर उपलब्ध गराउने नेपालको एक मात्र बार हो।
बार्कका संचालक उद्दमी अभिषेक तुलाधर हुन् । आफ्नो उद्दमशिलताको कहानी सुनाउँदै उनले भने, “मैले नेपालको ककटेल संस्कृति र दृश्यलाई परिवर्तन गर्ने लक्ष्यका साथ २०१७ मा ‘बार स्टोरिज बाई अभिषेक’ सुरु गरें जसले मलाई आफ्नै ककटेल बार खोल्नको लागि प्रेरणा दियो र २०२० मा मैले BARC खोलें। यहाँ ककटेल संस्कृतिको बारेमा परिवर्तन, नवीनता र सिक्ने चार वर्षको यात्रा तय भएको छ।”
ककटेल बारको रूपमा बार्कसँग महिला ग्राहकहरूको ठूलो संख्या छ। त्यसैले, कम्पनी उनीहरूका लागि कसरी सुरक्षित र थप आरामदायी ठाउँ सिर्जना गर्न सक्छ भन्ने बारे प्रयासहरूलाई सक्रिय रूपमा अगाडि बढाउन चाहन्छ। उदाहरणका लागि, बार्कले पाहुनाहरूका पर्स वा कोटहरू झुन्ड्याउनका लागि बारमा हुकहरू जस्ता साना टचहरू समावेश गरेका छ ताकि तिनीहरूले सुरक्षित रूपमा र कुनै झन्झट बिना आफ्नो ककटेलको मजा लिन सकून्। यद्यपि अनुसन्धान मार्फत, बार्कले पत्ता लगाएको मुख्य कुरा यो थियो कि धेरै बारहरूमा मासिक धर्मको स्वच्छता र सरसफाइ सुविधाहरूको कमी छ। यस कुरालाई ध्यानमा राख्दै, बार्कले सबै ग्राहक र कर्मचारीहरूलाई महिला शौचालयमा निःशुल्क सेनेटरी प्याड डिस्पेन्सरहरू स्थापना गरेको छ। यसबारे तुलाधरले थपे, “सानो कदम भए पनि हामी आफ्नै तरिकाले राम्रो ग्राहक अनुभवमा योगदान गर्ने आशा गर्दछौँ ।”
उद्दमी तुलाधरले भने, “जब हामीले पहल सुरु गर्यौं, हामीसँग कुनै पनि लक्ष्यहरू थिएनन्। हाम्रो कुल चौध कर्मचारी मध्ये ५०% महिला छन् र हामीसँग बहुसंख्यक महिला ग्राहकहरू छन् । त्यसैले हामीले उनीहरूको अनुभवलाई अझ सहज बनाउने र हाम्रा महिला कर्मचारीहरूका लागि अतिरिक्त सहयोग सेवाको रूपमा हाम्रो पहललाई डिजाइन गरेका छौँ। यो नियोजित सामाजिक पहल थिएन तर हाम्रो बारमा आवश्यक भएको महसुस गरेका छौँ ।”
कम्पनीले वातावरणीय रूपमा दिगो अभ्यासहरू पनि समावेश गर्ने प्रयास गरेको छ । बार्कले बनस्पतिमा आधारित र बायोडिग्रेडेबल स्ट्रहरू प्रयोग गरेर प्लास्टिकको प्रयोगबाट बच्छ । कम्पनीले अधिकांश सामग्रीहरूको लागि गिलास प्याकेजिङ प्रयोग गर्ने ब्रान्डहरू पनि रोज्छ र रिसाइकललाई प्राथमिकता दिन्छ।
आफ्नो भविष्यको योजना सुनाउँदै तुलाधरले भने, “हामी हाम्रा प्रयासहरूलाई अधिक संगठित रूपमा पहिचान गर्न चाहन्छौँ । मानिसहरूले हामीले समाजलाई फिर्ता दिनको लागि व्यवसायको रूपमा लिइरहेका साना कदमहरूलाई पहिचान गर्न थालेका छन्। हामीले अहिलेसम्म प्राप्त गरेको सकारात्मक प्रतिक्रियालाई ध्यानमा राख्दै हामी सार्वजनिक स्थानहरूमा महिनावारी सरसफाइ व्यवस्थापनलाई प्रवर्द्धन गर्न समर्पित अन्य संस्थाहरूसँग सहकार्य गर्ने आशा राखेका छौँ ताकि हामीले अझ अर्थपूर्ण प्रभाव पार्न सकौँ ।”
युवावर्गलाई लक्षित गर्दै उद्दमी तुलाधरले भने, “मलाई विश्वास छ कि मानिसहरूले कुनै पनि प्रकारको सोख पहिचान गर्नुपर्दछ जसको बारेमा उनीहरु रुचि राख्छन् वा उनीहरूले योगदान गर्न सक्छन् । किनभने यदि तपाईंले कुनै पनि प्रकारको सामाजिक प्रभावहरू पूरा गर्न एक कदम पनि चाल्नुभयो भने संसार राम्रो ठाउँ बन्नेछ ।”
यसरी, एउटा सामान्य बारको बिजनेसलाई बार्कले वातावरणमैत्री तथा महिलासमुदायमैत्री बनाएर नयाँ आयाम दिएको छ । यस्ता फरकखालका उद्दमले रोजगारी सिर्जना गर्नुको साथै नेपालमा उद्दमशिलताको वातावरण निर्माण गर्न पनि मद्दत गरेको देखिन्छ ।
Comments