बजेटलाई समर्थन गर्ने गरी मौद्रिक नीति आउने गभर्नरको भनाई
अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरबीच आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे छलफल भएको छ । बुधबार बिहान अर्थ मन्त्रालयमा अर्थमन्त्री जर्नादन शर्मा र गर्भनर महाप्रसाद अधिकारीबीच आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटको लक्ष्यलाई प्राप्त गर्ने गरी मौद्रिक नीति आउनुपर्ने बताएका बताएका थिए। गभर्नर अधिकारीले बजेटलाई समर्थन हुने गरी मौद्रिक नीति आउने बताए । अर्थ मन्त्रालयका अनुसार छलफलमा अर्थ सचिव तथा सहसचिवहरु समेत सहभागी भएका थिए । आगामी आर्थिक वर्ष सुरु हुनु अगाडि नै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने परिपाठी रहेको छ।
Comments