सन्चै पिनट बटर: नेपाली स्वाद जापानसम्म !

जापानी सामाजिक उद्यमी कोतोबुकी नाकाले खोटाङका सामुदायिक सदस्यहरूको जीवनलाई समृद्ध र सशक्तिकरण गर्दै आफ्नो सपना पनि पूरा गरिन्। उनले स्थानीय विरासतको बदामलाई पिनट बटर उत्पादन व्यवसायमा परिणत गर्दै SANCHAI ब्राण्ड बनाईन्। उक्त पिनट बटर ब्रान्ड नेपाल र उनको जन्मस्थान जापानमा छुट्टै स्वाद तथा सामाजिक मूल्यमान्यताका लागि निरन्तर लोकप्रिय हुँदै गएको छ । यसले उपभोक्ताहरूलाई बजारमा रहेका अन्य पिनट बटरहरूभन्दा फरक स्तरको सन्तुष्टि दिईरहेको छ ।

“म खोटाङमा शिक्षा सहयोग परियोजनाको लागि IoT (Internet-of-things)मा काम गरिरहेकी थिएँ। त्यहिबेला म मूंगफली खेतीको बारेमा सिक्न आएँ र स्थानीय सीपलाई व्यवसायमा रूपान्तरण गर्ने प्रेरणा आयो । त्यसैले मैले एउटा कारखाना खोलेँ । हाम्रो व्यापार पछाडिको मुख्य प्रेरणा नाफाभन्दा ठूलो छ।” उद्यमी नाकाले भनिन् ।

खोटांगी समुदायको आर्थिक-सामाजिक विकास र स्वाधीनता दुवैलाई बढावा दिन सक्ने व्यवसाय सुरु गर्न केन्द्रित हुन चाहेको नाकाले बताईन् । यस स्टार्ट-अपको लागि एफडीआई (विदेशी प्रत्यक्ष लगानी) जापानबाट नै भित्राएको नाका बताउँछिन् ।

फ्याक्ट्रीमा उत्पादित मूंगफलीलाई कामदारहरुले परिष्कृत गर्न जाँच गर्छन्। यसले लामो समय लिन्छ तर ठूला उत्पादनहरूमा प्रयोग हुने पिलिङ मेसिनहरू प्रयोग गर्नु भन्दा म्यानुअल प्रशोधन राम्रो हुन्छ भन्ने नाकाको दाबी छ । उनी भन्छिन्, ” जब खोललाई कुचिन्छ, बीउको बाहिरी भाग स्क्र्याच हुन्छ र अक्सिडेशन सुरु हुन्छ, जसले स्वादलाई असर गर्छ ।” खोलिएको मूंगफलीलाई भुटिन्छ र त्यसपछि चिल्लो बनावटको पेस्ट बनाउनको लागि पीस्ने र मिक्स गर्ने स्वचालित चरणहरू प्रयोग गरिन्छ । अन्तमा प्याकेटहरूमा बन्द गरिन्छ। सन्चै उत्पादन चरणहरूमा धेरै पटक कडा स्वच्छता र गुणस्तर नियन्त्रण अभ्यास गरेर बन्छ ।

कामदारहरुमा भएको विकासको कुरा गर्दा नाकाले भनिन्, ” उनीहरुको व्यक्तिगत बानीमा पनि सकारात्मक परिवर्तन देखेको छु । हामी हाम्रा कारखानाका कामदारहरूलाई सरसफाइको मापदण्ड, समयनिष्ठता र सही प्रोटोकल पालना गर्ने महत्त्वबारे निरन्तर शिक्षित गर्छौं।” स्टाफ सदस्यहरू मध्ये एक बिनाले भनिन्, “यति वर्षहरूपछि मैले पैसा कसरी कमाउने मात्र होइन तर मेरो आफ्नै स्वच्छतालाई राम्ररी कायम राख्न सिकें, जुन मैले कम्पनीबाट सिकेको सबैभन्दा ठूलो पाठ हो।”

यसरी सन्चै पिनट ब्राण्डले नेपालीलाई रोजगारी मात्र नदिई स्वास्थ्य जागरुक पनि बनाएको छ । यस ब्राण्डले नेपालको नाम विश्वभर फैलाउन मद्दत गर्नुको साथै नेपाली उद्दमीहरुलाई पनि झकझकाएको छ । नेपालमा उद्योग गर्न चाहनेलाई प्रशस्त सम्भावना रहेको कुरा पनि नाकाको उद्दमले इङ्कित गर्छ ।

Comments

Back to top