अर्थमन्त्री भन्छन्- १३ वटा मोडलका विद्युतीय सवारीसाधनमा कर बढेको छैन

अर्थमन्त्री जनार्दन शर्माले १०० किलोवाटसम्मका १३ वटा मोडलका विद्युतीय सवारीसाधनमा कर वृद्धि नगरिएको बताएका छन् । १०० किलोवाटभन्दा माथिका गाडीमा पनि धेरै कर वृद्धि नभएको उनले बताए।

उनले भने, “अहिले ६० लाख पर्ने विद्युतीय गाडी ६८ लाख रुपैयाँ पर्छ”, शर्माले भने, “पेट्रोलियम गाडी भन्दा बढी डलर विद्युतीयमा बाहिर जाने भएकाले थोरै बढाएका छौँ।” १०० किलोवाटभन्दा माथिका गाडी सम्पन्न व्यक्तिले खरिद गर्ने भएकाले ८–१० लाख बढी तिर्दा राज्यलाई आउने कुरा हो।

सरकारले अब पेट्रोलियम गाडी खरिद नगर्ने भनेको छ। उनले १०० किलोवाटभन्दा बढीका गाडी हुने खाने वा सरकारले नै खरिद गर्ने भएकाले सर्वसाधारणलाई अप्ठ्यारो नपर्ने बताए।

Comments

Back to top