वाणिज्य बैंकहरूको खराब कर्जा ५४ अर्ब !

वैशाखसम्मको तथ्यांकलाई हेर्दा २७ वाणिज्य बैंकहरूको जम्मा ५४ अर्ब ५७ करोड रूपैयाँ कर्जा खराब देखिएको हो ।

अहिले वाणिज्य बैंकहरूको कुल ४१ खर्ब ९१ अर्ब ४२ करोड रूपैयाँ कुल कर्जा लगानी छ । ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछिसम्म पनि बैंकले आफूले दिएको ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराब कर्जा अन्तर्गत राख्ने गरेका छन् ।

कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ । बैंकहरूको खराब कर्जा बढ्दा नाफामा पनि ह्रास आउने गर्छ भने प्रतिफल पनि राम्रो दिन सक्दैनन् ।

बैंकहरुको खराब कर्जाको सूची यस प्रकार छ:

१. राष्ट्रिय वाणिज्य

बैंकहरूको तेस्रो त्रैमास अनुसार सबैभन्दा बढी खराबकर्जा राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको कुल खराब कर्जा ६ अर्ब ८७ करोड रूपैयाँ छ ।

२.कृषि विकास बैंक

कृषि विकास बैंकको ४ अर्ब १२ करोड रहेको छ ।

३.ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकको ३ अर्ब ९५ करोड रहेको छ ।

४. नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकको ३ अर्ब ८७ करोड रहेको छ ।

५. नेपाल बैंक

नेपाल बैंकको ३ अर्ब ६४ करोड रूपैयाँ रहेको छ ।

६. नबिल बैंक

नबिल बैंकको ३ अर्ब २२ करोड रहेको छ ।

७.एनएमबी बैंक

एनएमबी बैंकको २ अर्ब ७ करोड रूपैयाँ खराब कर्जा छ ।

८.नेपाल एसविआई बैंक

नेपाल एसविआई बैंकको खराब कर्जा ०.१४ प्रतिशत अर्थात १५ करोड रूपैयाँ खराब कर्जा छ ।

९.लक्ष्मी बैंक

लक्ष्मी बैंकको खराब कर्जा १.८ प्रतिशत अर्थात् १ अर्ब ४२ करोड रूपैयाँ छ ।

१०. कुमारी बैंक

कुमारी बैंकको खराब कर्जा ०.९६ प्रतिशत अर्थात् १ अर्ब ५५ करोड रूपैयाँ छ ।

११‍. एनसीसी बैंक

एनसीसी बैंकको खराब कर्जा १.५२ प्रतिशत अर्थात् १ अर्ब ८८ करोड रूपैयाँ छ ।

१२. नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंककाे खराब कर्जा २.३० प्रतिशत अर्थात् १ अर्ब ८३ करोड रूपैयाँ छ ।

१३. प्रभु बैंक

प्रभु बैंककाे खराब कर्जा १.२१ प्रतिशत अर्थात् १ अर्ब ८२ करोड रूपैयाँ छ ।

१४. सनराइज बैंक

सनराइज बैंककाे खराब कर्जा १.३७ प्रतिशत अर्थात् १ अर्ब ६९ करोड रूपैयाँ छ ।

१५. बैंक अफ काठमाडौं

बैंक अफ काठमाडौंकाे खराब कर्जा १.४५ प्रतिशत अर्थात् १ अर्ब ५९ करोड रूपैयाँ छ ।

१६. हिमालयन बैंक

हिमालयन बैंककाे खराब कर्जा ०.९९ प्रतिशत अर्थात् १ अर्ब ५६ करोड रूपैयाँ छ ।

१७. सिजिटन बैंक

सिजिटन बैंककाे खराब कर्जा १.७२ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रूपैयाँ छ ।

१८. प्राइम कमर्सियल बैंक लिमिटेड

प्राइम कमर्सियल बैंककाे खराब कर्जा ०.९९ प्रतिशत अर्थात् १ अर्ब ५६ करोड रूपैयाँ छ ।

१९. हिमालयन बैंक

हिमालयन बैंककाे खराब कर्जा ०.९४ प्रतिशत अर्थात् १ अर्ब ४८ करोड रूपैयाँ छ ।

२०. एनआइसी एशिया बैंक

एनआइसी एशिया बैंककाे खराब कर्जा ०.५१ प्रतिशत अर्थात् १ अर्ब ३९ करोड रूपैयाँ छ ।

२१. सिभिल बैंक

सिभिल बैंककाे खराब कर्जा ०.९९ प्रतिशत अर्थात् १ अर्ब ३५ करोड रूपैयाँ छ ।

२२. माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंककाे खराब कर्जा ०.८७ प्रतिशत अर्थात् १ अर्ब १६ करोड रूपैयाँ छ ।

२३. मेघा बैंक

मेघा बैंककाे खराब कर्जा ०.७२ प्रतिशत अर्थात् १ अर्ब०७ करोड रूपैयाँ छ ।

२४.सानिमा बैंक

सानिमा बैंककाे खराब कर्जा ०.३८ प्रतिशत अर्थात् ५३ करोड रूपैयाँ छ ।

२५. एभरेष्ट बैंक

एभरेष्ट बैंककाे खराब कर्जा ०.२६ प्रतिशत अर्थात् ३९ करोड रूपैयाँ छ ।

२६. स्टाण्डर्ड चार्टर्ड बैंक

स्टाण्डर्ड चार्टर्ड बैंककाे खराब कर्जा ०.३६ प्रतिशत अर्थात् ३२ करोड रूपैयाँ छ ।

Comments

Back to top