भिभो भी २३ सिरिजका विशेषता
नेपाली बजारमा उपलब्ध भएको भीभोको भी २३ सिरिजले उत्कृष्ट तस्वीरहरू, भिडियोहरू, अल्ट्रा–वाइड ल्यान्डस्केपहरू, सुन्दर सेल्फी खिच्ने कम्पनीले बताएको छ ।भिभो लाईयसको क्यामेरा प्रविधिले अन्य स्मार्टफोनहरू भन्दा यसलाई भिन्न बनाएको छ
भी२३ ले फाइभजीमा आई अटोफोकस रकस्टुमाइज्ड जेएनभी सेन्सरको साथ ५०एमपी पाट्र्रेट सेल्फी प्रयोग गरेर हाइपर–क्लियर पोट्रेट तस्वीर खिच्न सक्छ । स्मार्टफोनमा डुअल टोन स्पटलाइट र अगाडि एआई एक्स्ट्रिम नाइट पोट्र्रेट पनि रहेको छ । यसले अँध्यारो वातावरणमा एकदमै स्पष्ट तस्वीर लिन सक्छ ।
भी२३ फाइभजीमा ट्रिपल रियर क्यामेरा मोड्युल रहेको छ । यसमा ६४ एमपी जीडब्लू १ सुपर–सेन्सिङ क्यामेरा, ८ एमपी वाइड–एंगलक्यामेरा र २ एमपीम्याक्रो क्यामेरासँगै सुपर नाइट मोड छन् । यी फिचरहरुको साथ सामग्री सिर्जनाकर्ताहरूले सोशल मिडिया पोष्ट गर्ने तस्वीरको गुणस्तरको बारेमा चिन्ता गर्नुपर्दैन ।
यस स्मार्टफोनमा ५० एमपी अटोफोकस पाट्र्रेट सेल्फी क्यामेरा रहेको छ जो हाल बजारमा सबैभन्दा शक्तिशाली मानिन्छ । भी २३ ई माआइसोशेल ३.० छ । जसले प्रकाशको संवेदनशीलतालाई सुधार गर्छ । पछाडिको भागमा, भी २३ ई मा ६४ एमपी नाइट क्यामेरा, ८ एमपी सुपर वाइड–एंगलक्यामेरा र २ एमपीम्याक्रो क्यामेराको ट्रिपल क्यामेरा सेटअप छ । यसको सुपर नाइट मोडले प्रकाश र छायाको सन्तुलनमिलाएर जीवन्त तस्वीरहरु कैद गर्दछ । भी२३ई मा स्ट्यान्डर्ड स्टेबिलाइजेसन पनि छ जसले भिडियो सिर्जनाकर्ताहरू, भ्लगरहरूलाई हल्लिएको र ब्लरबाट मुक्त भिडियोहरू खिच्न मद्दत गर्दछ ।
Comments