आयात २८ प्रतिशतले बढ्दा निर्यातमा ६० प्रतिशतको वृद्धि
चालू आर्थिक वर्षको १० महिनामा नेपालको आयात २७.९५ प्रतिशतले बढेको छ। वैशाखसम्म नेपालले १६ खर्ब ४ अर्ब ६५ करोड २५ लाख १७ हजार रुपैयाँको आयात गरेको हो। जुन अघिल्लो वर्षको सोही अवधिमा १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजारको थियो।
त्यस्तै उक्त अवधिमा निर्यात समेत ५९.८० प्रतिशतले बढेको छ। भन्सार विभागका अनुसार नेपालले १० महिनामा १ खर्ब ७३ अर्ब ३४ करोड ८२ लाख १२ हजारको वस्तु निर्यात गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा नेपालले १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजारको निर्यात गरेको थियो।
१० महिनाको अवधिमा नेपालको व्यापारघाटा २४.९४ प्रतिशतले बढेको छ जुन १४ खर्ब ३१ अर्ब ३० करोड ४३ लाख ६ हजार हुन आउँछ । अघिल्लो वर्षको सोही अवधिमा ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख २३ हजार मात्र व्यापारघाटा थियो। नेपालको कुल बाह्य व्यापारमा आयातको हिस्सा ९०.२५ प्रतिशत र निर्यातको हिस्सा ९.७५ प्रतिशत रहेको छ।
Comments