टर्कीको विदेशी मुद्रा सञ्चिति एक हप्तामा ४.८ अर्ब डलरले घट्यो

टर्कीको विदेशी सञ्चिति एक हप्तामा ४.८ अर्ब डलरले घटेको छ । सन् २०२२ मा मात्रै टर्कीको मुद्रा लिरा गत वर्षको तुलनामा १६ प्रतिशत भन्दा बढी घटेपछि, मुद्रालाई थप अवमूल्यन हुन नदिन टर्कीको केन्द्रीय बैंकले विदेशी सञ्चिति चलायमान गराएको थियो ।यसकारण, टर्कीको विदेशी सञ्चितिमा व्यापक कमी आएको पाइएको छ ।

लण्डनस्थित टिडि सेक्युरिटिजका पोर्टफोलियो व्यवस्थापक प्रमुख क्रिष्टीयन मगियो भन्छन्,”टर्कीको सञ्चितिमा आएको गिरावट विश्व कै लागि अप्रत्याशीत रहेको छ । विदेशी सञ्चितिमा आएको कमीले टर्कीले पनि अनायासै अन्य विकासोन्मुख राष्ट्रहरुको गति लिन पुगेको छ ।”

आकाशिएको मुद्रास्फीति, मुद्रा अवमूल्यन, खाद्यान्न, इन्धन तथा कच्चा पदार्थको मूल्यवृद्धिका कारण टर्कीको आर्थिक अस्थिरता तर्फ होमिएको छ ।

सन् २०२२मा गत वर्षको तुलनामा लिरा १६ प्रतिशतले कमजोर हुँदा विश्वको सबैभन्दा खराब प्रर्दशन गर्ने मुद्रामा लिरा परेको छ । सन् २०१९–२०२०को समयमा लिरा कमजोर हुँदा टर्कीको केन्द्रीय बैंकले १ सय ६५ अर्ब डलर खर्चेर लिराको मूल्य स्थिर बनाउन खोजेको थियो ।

Comments

Back to top