एक साताभित्र युक्रेनमा हतियार पुग्ने अमेरिकाको आश्वासन

अमेरिकी राष्ट्रपति जो बाइडेनले एक साताभित्र युक्रेनलाई अमेरिकी हतियार र उपकरण उपलब्ध गराउने बताएका छन् ।

गत हप्ता मात्रै अमेरिकी सिनेटले युक्रेनलाई ६१ अर्ब डलरको सहायता उपलब्ध गराउने कानुनलाई अनुमोदन गरेको थियो।

विगत ६ महिनादेखि अमेरिकी कांग्रेसमा यस विषयमा गतिरोध चलिरहेको थियो । तर, मतदानमा सिनेटले युक्रेनका लागि राहत प्याकेजलाई अनुमोदन गरेको छ ।

बाइडेनले अब जुनसुकै बेला यो विधेयकमा हस्ताक्षर गर्न सक्ने विश्वास गरिएको छ ।

यस विधेयकमा इजरायल र ताइवानका लागि अर्बौं डलरको सहायता दिइनेछ ।

बाइडेन भन्छन्, ‘यो राहत प्याकेजले अमेरिका अत्याचार र दमन विरूद्ध बलियो उभिएको देखाउँछ।’

यसै क्रममा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले राहत प्याकेजका लागि अमेरिकी सिनेटप्रति आभार व्यक्त गरेका छन् ।

जेलेन्स्कीले यो सहयोग आफ्नो देशका लागि निकै महत्वपूर्ण रहेको बताएका छन् ।

राष्ट्रपति जेलेन्स्कीले लामो समयदेखि युक्रेनसँग लड्न पश्चिमी हतियारहरू खोज्दै आएका छन्।

एजेन्सी

Comments

Back to top