नेपालको जनसङ्ख्या वृद्धिदर १ प्रतिशतभन्दा तल, औसत आयु ७१ दशमलव ३ वर्ष पुग्याे

नेपालको जनसङ्ख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकहरू अनुसार नेपालको वार्षिक जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ९२ प्रतिशतमा झरेको हो । यो वृद्धिदर जनगणना शुरु भएको ८० वर्षको इतिहासमा सबैभन्दा कम रहेको जनसङ्ख्या शाखाका निर्देशक ढुण्डिराज लामिछाने जानकारी दिए ।

यस्तै नेपालको कुल औसत आयु ७१ दशमलव तीन वर्ष पुगेको छ । पुरुषको ६८ दशमलव दुई वर्ष र महिलाकाे ७३ दशमलव आठ वर्ष रहेको छ । पुरुष र महिलाको मृत्युको अन्तर बढ्दै गएको छ । नेपालमा एकल परिवार अर्थात् बाबुआमा र छोराछोरी मात्रै बस्ने परिवारको सङ्ख्या ६० प्रतिशत पुगेको छ ।

एजेन्सी

Comments

Back to top