विदेशी ऋणमा पुनर्संरचना गर्न श्रीलङ्कालाई जापानी विदेशमन्त्रीकाे आग्रह

जापानका विदेशमन्त्री योको कामीकावाले श्रीलङ्कालाई आफ्नो विदेशी ऋणमा पुर्नसंरचना गर्न आग्रह गरेकी छन् ।

श्रीलङ्काली समकक्षी अली साब्रीसँगको वार्तापछि जापानी विदेशमन्त्री कामीकावाले श्रीलङ्काको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता चीनसहित सबैसँग पुर्नसंरचना सम्झौतामा पुग्नुपर्नेमा जोड दिइन् । उनले श्रीलङ्काको आर्थिक सुधार हिन्द–प्रशान्त क्षेत्रको स्थिरताका लागि आवश्यक भएकोमा पनि जोड दिएकी छन् ।

‘हिन्द महासागरमा रणनीतिक स्थानमा रहेको श्रीलङ्काको स्थिरता र आर्थिक विकासको पुनर्संरचना सम्पूर्ण हिन्द–प्रशान्त क्षेत्रको स्थिरता र समृद्धिका लागि आवश्यक छ’, उनले भनिन् । जापानले श्रीलङ्काको आर्थिक सुधारलाई भरपुर सहयोग गर्ने उनको प्रतिवद्धता छ ।

एजेन्सी

Comments

Back to top