इजरेलमा अल जजिरा बन्द

अल जजिरासँग उनको प्रशासनको लामो समयदेखि विवाद जारी छ । 

“सर्वसम्मतिले निर्णय गरिएको छ: इजरेलमा उत्तेजक च्यानल अल जजिरालाई बन्द गरिनेछ”, उनले सामाजिक सञ्जाल एक्समा भने । 

इजरेलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार उनको सरकारले कतार आधारित समाचार च्यानल अल जजिरालाई बन्द गर्ने निर्णय गरेको बताएका छन्।

“इजरेलमा हमास पक्षधरहरूलाई वाक स्वतन्त्रता हुने छैन”, सञ्चारमन्त्री स्लोमो कारहीले नेतान्याहुसँगको छुट्टै संयुक्त विज्ञप्तिमा भने, “अल जजिरालाई तुरुन्त बन्द गरिने छ र उपकरणहरू जफत गरिनेछ ।”

कारहीले ‘उक्त च्यानलको सामग्री वितरित गर्नका लागि प्रयोग गरिने’ उपकरणहरू जफत गर्न आदेश जारी गरे । 

उनले ब्रोडकास्टरलाई ‘इजरेलका सीमाभित्र सञ्चालित अल जजिरा च्यानलका कार्यालयहरू बन्द गर्ने’ र उसका प्रसारण उपकरणहरू जफ गर्ने सूचना दिइएको बताए । 

उनले अल जजिराको वेबसाइटहरूमा प्रसारण पनि प्रतिबन्धित हुने तर इजरेलले कब्जा गरेको वेस्ट बैंकमा कानूनीरूपमा प्रतिबन्ध लागु नहुने बताए । गाजा पट्टीमा पनि प्रतिबन्ध लागु हुनेछैन । गाजा पट्टीबाट अल जजिराले अहिले पनि हमाससँगको इजरेलको युद्धलाई प्रत्यक्ष प्रसारण गर्दछ ।

एजेन्सी

 

Comments

Back to top