नेप्सेमा २४.५८ अंकको गिरावट, ३ अर्ब ७९ करोडको कारोबार !

आइतबार नेप्से परिसूचक २४.५८ अंकले घटेर १९७४.३७ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१६ कम्पनीको कुल ९७ लाख ६२ हजार ८०३ कित्ता सेयरको करिब ३ अर्ब ७९ करोड ५७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ४२ कम्पनीको सेयर मूल्य बढेको छ, १९६ कम्पनीको मूल्यमा गिरावट छ भने, ७ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

 

यस दिन कारोबार भएका ११ उपसमूहको परिसूचक  घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

 

यस दिन टप गेनरमा दोल्टी पावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.५६ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा पिपुल्स पावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.९२% ले घटेको छ। कारोबार रकमका आधारमा नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १२ करोड ६४ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा प्राइम कमर्सियल बैँकको संस्थापक सेयरको कारोबार भएको छ।

Comments

Back to top