जसपा विभाजन, आधिकारिकता दाबी गर्दै अशाेक राई समूह निर्वाचन आयाेगमा

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) फुटेको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ ।

यसअघि जसपा फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको थियो। त्यस्तै बाबुराम भट्टराईले पनि जसपाबाट अलग भएर नेपाल समाजवादी पार्टी (नेसपा) बनाएका थिए ।

प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् । उनीहरूमध्ये सात जना आफ्नो पक्षमा रहेका राई समूहले दाबी गरेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य तथा जनसङ्ख्या छन् । उनी अहिले विदेश भ्रमणमा रहनुभएको छ ।

एजेन्सी

Comments

Back to top