गाजामा बन्धक बनाइएकाहरूको रिहाइको माग गर्दै इजरायलमा र्‍‍याली

गाजामा प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएकाहरूको रिहाइको माग गर्दै इजरायलीहरूले शनिवार राति र्‍याली निकालेका छन् ।

दशौँ हजारको सङ्ख्यामा उपस्थित इजरेलीहरूले युद्धविरामसँगै बन्धकहरूलाई स्वेदश फर्काउन माग गर्दै र्यालीको आयोजना गरेका बीबीसीले जनाएको छ। तेल अभिभमा भएको प्रदर्शनका सहभागीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो फाइदाका लागि युद्ध लम्ब्याउन चाहेको आरोप लगाएका खबरमा उल्लेख छ ।

बन्धकहरूको रिहाइ र गाजामा युद्धविरामका लागि इजिप्टको राजधानी कायरोमा इजरायल र हमासबीच शान्ति वार्ता शुरु भएको बेला र्‍यालीको आयोजना भएको हो । 

एजेन्सी

Comments

Back to top