विश्वकै महंगो पर्फ्युम, बोत्तलमा मात्रै ३५ सयवटा हिराको प्रयोग !

ईमिरेटको एक पर्फ्युम कम्पनीले आफ्नो पर्फ्युम सबैभन्दा महंगो भएको जनाएको छ। सामुख नाम गरेको उक्त पर्फ्युमको मूल्य प्रति ३ लिटरको १२ लाख ९५ हजार डलर पर्ने जानकारी दिईएको छ। यसको उत्पादनकर्ता कम्पनीले ३ बर्षको समय लगाएर यसको अनुसन्धान गर्दै र ४ सय ९४ पल्टको प्रयोगपछी बजारमा ल्याईएको जानकारी दिएको छ। उक्त पर्फ्युमको बोत्तल मात्रै ईटालियन मुरानो क्रिस्टल सिसाको बोतलमा सुनको चिल, घोडा, गुलाब र ग्लोब, ३ हजार ५ सय ७१ ओटा लगभग ८५ दशमलव ५५ क्यारेटको हिरा, ठुलो मोती, २ किलो १८ क्यारेटको सुन र ५ किलो शुद्ध चाँदीले सजाइएको छ ।

यसका साथै उक्त बोतल छालाले सजाइएको करिव २ मिटर अग्लो स्ट्यान्डमा राखिएको छ। उक्त पर्फ्युमको उत्पादक ब्राण्ड नाबेलका अनुसार पर्फ्युमको उक्त बोतलमा विभिन्न जनावरका बस्तुहरु तथा विश्वका कुनाहरुबाट संकलित पर्फ्युमले सजाईएको छ ।

यसमा प्रयोग गरिएको पर्फ्युम स्यान्डलवुड, मस्क, टर्कीको गुलाव, भारतको चन्दन लगायतका बस्तुहरुको प्रयोग गरी बनाइएको छ । उक्त पर्फ्युमले हालसम्म गिनिज बुक अफ द वल्र्ड रेकर्डमा २ ओटा रेकर्ड समेतमा नाम लेखाएको छ ।

पर्फ्युमले बोतलमा सबैभन्दा धेरै हिरा प्रयोग गरिएको र सबैभन्दा अग्लो रिमोर्ट कन्ट्रोल पर्फयुमको बाकसमा विश्व रेकर्ड बनाएको हो । यसलाई किन्न चाहनेका लागि किनबेच बन्द भएपनि  दुवई मलमा प्रदर्शनीका लागि राखिएको छ ।

गिनिज बुकका अनुसार हालसम्म विश्वकै महंगो मानिएको क्लाईभ क्रिश्चियन नं.१ पर्फ्युम रहेको थियो । सन २००५ मा सार्वजनिक गरिएको उक्त पर्फ्युम १० बोतल सार्वजनिक गरिएको थियो जसको आधा लिटरको २ लाख ५ हजार डलर पर्ने बताइएको थियो ।

Comments

Back to top