नेपाली बजारमा आयो ६२० कीमी रेन्ज दिने ईभी ईटी फाइभ

नेपालमा स्काइवेलको प्रिमियम ईभी ईटी फाइभ सार्वजनिक भएको छ । नेपालका लागि स्काइवेलको आधिकारिक वितरक जी मोटर्स प्रालिले एक कार्यक्रम गर्दै ईभी ईटी फाइभ सार्वजनिक गरेको हो ।

गाडीले एक पटकको चार्जमा ६२० किलोमिटरसम्म रेञ्ज दिने कम्पनीले जनाएको छ । त्यसैले कम्पनीले यसलाई नेपालकै सबैभन्दा बढी रेञ्ज भएको ईभीका रूपमा दाबी गरेको छ ।

गाडी सार्वजनिक भएको अवसरमा कम्पनीले एक वर्षको निःशुल्क बीमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा उपलब्ध रहेको जनाएको छ ।

यसमा ८६ किलोवाट आवर क्षमताको लिथियम टर्नोटरी ब्याट्री छ । १५० किलोवाट क्षमताको मोटर रहेको गाडीले सीएनसीएपी फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ । यसको टप स्पिड प्रतिघण्टा १६० किलोमिटर छ ।

अटो पार्किङको सुविधा भएको यस गाडीमा मेट्रिक्स लेजर हेडलाइन दिइएको छ । यसमा मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर छ । त्यसबाहेक यसमा फुल साइज पानारोमिक सनरुफ र मुनरुफको सुविधा दिइएको छ ।

इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित यो गाडी प्योर ईभी प्ल्याटफर्ममा बनेको कार्यकारी निर्देशक पारस मणि गेलालले बताए ।

कम्पनीले पूर्वको इटहरी भाटभटेनी अगाडी पनि नयाँ शोरुम खोलिसकेको छ । साथै, ६२ भन्दा बढी मुलुकहरूमा आफ्नो ब्रान्ड स्थापित गरिसकेको छ । कम्पनीले केही समयमै सेम मोडेलको गाडी युके र अस्ट्रेलिया मा लन्च गर्ने तीव्र तयारी गरेको गेलाल बताउँछन् ।

एजेन्सी

Comments

Back to top