सफल कसरी हुने ? व्यवसायी मुकेश अम्बानीका केहि सुत्र यस्ता छन्

मुकेश धीरूभाई अम्बानी (१९ अप्रिल १९५७) भारतीय व्यवसायी तथा विश्वका धनी व्यक्तिमध्ये एक हुन् । उनी रिलायन्स इण्डस्ट्रीजका अध्यक्ष, प्रबन्ध निर्देशक र कम्पनीको सबैभन्दा ठूलो शेयरधनी हुन् । यो कम्पनी भारतमा निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी हो । 

मुकेश र उनको भाइ अनिल अम्बानी रिलायन्स इन्डस्ट्रीजको संस्थापक स्वर्गीय धीरूभाई अम्बानीका छोरा हुन् । मुकेश इन्डियन प्रीमियर लिगको टीम मुम्बई इन्डियन्सका मालिक पनि हुन् ।

१. मुकेश अम्बानी आफ्ना बाबु धिरुभाई अम्बानीलाई आफ्नो गूरु मान्छन् । पैसाको पछाडी दौडिदैमा कोही सफल व्यवसायि बन्न सक्दैन भन्ने मान्यता धिरुभाई राख्थे । उनी यसैमा विश्वास गर्छन् ।

२. ठूलो व्यवसायी बन्नका लागि ठूलै सपना देख्नु आवश्यक छ । उनी पनि यस्तै गर्छन् । उनी ठूलो सपना मात्रै देख्दैनन्, त्यसलाई पुरा नगरेसम्म आरामले निदाउन समेत सक्दैनन् ।

३. उनी प्राय मिडियाबाट टाढै रहन्छन् किनकी उनलाई लाग्छ जब काम देखिन्छ तब कसैले केही बोल्न आवश्यक हुँदैन । रेभिन्यूले आफैँ बताउँछ ।

४. उनी व्यवसायमा मात्रै होइन आफ्नो सौखका लागि पनि पर्याप्त खर्च गर्छन् । मानिसले आफ्नो मनले मागेका कुरा पुरा गर्नुपर्ने उनको भनाई छ । उनी आईपिएल टिम मुम्बईका मालिक हुन् ।

५. कामको कुरा आएपछि मुकेश आफ्नै अनुभवलाई ठूलो मान्छन् । उनले जीवनमा थुप्रै समस्या व्यहोरेका छन् । यसकारण उनी भन्छन् , आफैलाई विश्वास गर र हरेक परिस्थितीका लागि तयार होउ ।

६. जुवाडे र साहसी व्यक्तिका अनुभव उस्तै हुनसक्छन् । तर यि दुईबीचमा केही फरक छ । मुकेश आफूलाई साहसी व्यक्ति मान्छन् र हरेक चुनौती समाना गर्न तयार हुन्छन् ।

७ दौडको बीचमा आराम गर्नेहरुलाई सफलता प्राप्त हुँ दैन । त्यसैले प्रतिस्पर्धी बजारमा कसैले कसैलाई नपर्खने भएकै कारण सफलताको भोक आफैँमा हुनुपर्ने मुकेशको ठम्याई छ ।

८. मुकेश टिमका हरेक व्यक्तिसँग साथमा हुन्छन् र उनी व्यवसायिक व्यक्तिहरुमा भरोसा राख्छन् ।

९. विजनेशको प्रवर्द्धनका लागि पहिला बजारको माग बुझ्न जरुरी छ । यदी तपाईको उत्पादनभन्दा राम्रो उत्पादन बजारमा छ भने तपाईले आफ्नो क्षमता बढाउनु आवश्यक छ । त्यसपछि मात्रै प्रतिस्पर्धामा उत्रनुपर्छ ।

एजेन्सी

Comments

Back to top