झिनो अंकले बढ्यो नेप्से, २ अर्ब ५३ करोडको सेयर कारोबार!

बुधबार नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१३ कम्पनीको कुल ७२ लाख ८४ हजार २७२ कित्ता सेयरको करिब २ अर्ब ५३ करोड ६४ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ११३ कम्पनीको सेयर मूल्य बढेको छ, ११७ कम्पनीको मूल्यमा गिरावट छ भने, १५ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १० उपसमूहको परिसूचक  घटेको छ भने ३ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा पोखरा फाइनान्स लिमिटेड रहेको छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा माइ खोला हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.८४% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा नेपाल रिइनस्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६३ करोड ३० लाख बराबरको सेयर कारोबार भएको छ। 

Comments

Back to top