नेपालकाे पहिलाे स्कूल दरबार हाइ स्कूल, काठमाडौं

नेपालमा यस्ताे समय पनि थियाे, जुन बेला स्कूल कुन चरीकाे नाम हाे भन्ने पनि मानिसलाई थाहा थिएन । यस्ताे समयमा सन् १८५० मा श्री ३ महाराज जंगबहादुर राणा बेलायत(युराेप) भ्रमणबाट फर्किएपछि आफ्ना भाइ छोरालाई पढाउन उनले दरबारभित्रै एउटा स्कूल खोल्ने साेचे ।

श्री ३ महाराज जंगबहादुर राणाका परिवारलाई पढाउनका लागि दरबारभित्रै खडा गरिएको हो दरवार स्कूल । यो दरवार स्कूल सुरुमा श्री ३ महाराज जङ्गबहादुर राणा बस्ने थापाथली दरबारमा स्थापना गरिएकाे  थियो ।

सन् १८७५ मा श्री ३ जंगबहादुर राणाका कान्छा भाइ धीरशमशेर शिक्षा हेर्ने डाइरेक्टर नियुक्त भएका थिए ।  सन् १८७१ मा कलकत्ताका बंगाली नागरिक केदारनाथ चटोपाध्यायलाई दरबार स्कूलको पहिलो हेडमास्टर नियुक्त गरिएको थियो ।

१४५ वर्षअघि चटोपाध्याय नेपालको पहिलो दरवार स्कूलको पहिलो हेडमास्टर नियुक्त हुँदा उनको तलब मासिक दुई सय रुपैयाँ रहेकाे इतिहासमा पढ्न पाइन्छ । उनलाई " सरदार " पद पनि दिइएको प्रमाण देखिएको छ यद्यपि उनी नेपाली थिएनन् ।   

सन् १८७९ मा नेपालको दरबार स्कूलबाट पहिलोपटक धीरशमशेरको माहिलो छोरा १८ वर्षीय  जनरल  खड्गशमशेर राणा (पाल्पाको रानी महलका निर्माता) म्याट्रिकुलेसन जाँच दिन कलकत्ता पुगेका थिए ।

एजेन्सी

Comments

Back to top