भारतीय वायुसेवा कम्पनी इन्डिगोले ३० वटा जेट विमान किन्दै

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न सहमति भएको एयरबसले बिहीबार जनाएको छ ।

“भारतको सबैभन्दा ठूलो एयरलाइन कम्पनी इन्डिगोले ३० वटा एयरबस ए–३५०–९०० विमान खरिद्का लागि सहमति भएको एयरबसले पुष्टि गरेको छ,” युरोपियन विमान निर्माण कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आगामी दिनमा हस्ताक्षर हुने र सूची मूल्यमा ९.५ अर्ब अमेरिकी डलर बराबरको यस सम्झौतामा भारतीय कम लागतको सेवाप्रवाही बजार शेयरको आधारमा देशको सबैभन्दा ठूलो कम्पनी इन्डिगोले ए–३५० समूहबाट थप ७० विमानहरू किन्ने थप प्रस्ताव पनि गरेको छ ।

आफूलाई लामो दूरीको बजारमा एक महत्वपूर्ण सेवा प्रदायकको रूपमा स्थान लिएको इन्डिगोले सन् २०२७ देखि विमान खरिद् सुरु हुने जनाएको छ । 

एजेन्सी

Comments

Back to top