विश्वकैै ठूलो गाला भएकी मोडल!

दुनियामा महिलाहरुले सुन्दरताका लागी बिभिन्न उपायहरु अपनाएका कुराहरु तपाई हामीले देखि रहेकै कुरा हो। आफु सुन्दर देखिनका लागि कैयन् विदेशी मोडल तथा अभिनेत्रीहरुले कस्मेटिक सर्जरी गरेका समाचार हामीले पढ्दै आएका छौँ । 

सुन्दर हुनुको लागी भन्दै कतिपयले त अनुहारको कस्मेटिक सर्जरी गराएर आफ्नो पूरानो रुप नै बदलेका पनि छन् ।यस्तैमा हामी तपाईहरु लाई आज युक्रेनकी एक ३२ वर्षकी अभिनेत्री तथा मोडल अनास्तासिया पोक्रेस्चुक पनि अनौठो खाले कस्मेटिक सर्जरीका बारेमा जानकारी दिन गईरहेका छौं ।

जस्का कारण उनि पछिल्लो समय चर्चामा आईरहेका छन् ।  कस्मेटिक सर्जरी गरेर उनले संसारकै सबैभन्दा ठूलो गाला बनाएकी छिन् । कस्मेटिक सर्जरीका लागि २१ सय डलर खर्च गरेर अनास्तासियालाई आफ्नो अनुहार बदल्न बदलेकी हुन्।

कस्मेटिक सर्जरीका गरी अनुहार बदल्नका लागी उनलाई ६ वर्ष लाग्यो । हालै उनले इन्स्टाग्राममा आफ्ना नयाँ पूराना तस्वीरहरु शेयर गरेकी छिन् । जसले उनी कस्मेटिक सर्जरी अगाडि कस्ती थिइन् र अहिले कस्ती भइन् भन्ने देख्न सकिन्छ।
 

Comments

Back to top