नबिल र बंगलादेश बैंकबीचको मर्जर अन्तिम चरणमा

नबिल र नेपाल बंगलादेश (एनबी) बैंकबीचको मर्जर अन्तिम चरणमा पुगेको छ। नबिल र एनबी बैंकबीच एक्विजिसनका लागि सम्झौता भएपछि चालु आर्थिक वर्षभित्रै प्रकृया सक्ने रणनीतिका साथ दुबै बैंकले काम अगाडि बढाएका छन् ।

बैंक एक्विजिसन प्रक्रियालाई छिटोभन्दा छिटो सक्ने रणनीतिका साथ अहिले दुवै बैंकले समिति नै बनाएर काम गरिरहेका छन् । एक्विजिसनको विषयको अख्तियारी पाउनका लागि नबिल बैंकले विशेष साधारणसभा पनि बोलाएको छ । जेठ ७ गते शनिबार बिहान ११ बजे बैंकले विशेष साधारण सभा बोलाएको हो ।

वैशाख २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सो दिन विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सो प्रयोजनको लागि बैंकले आगामी बैशाख ३० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । आगामी असार भित्रै एक्विजिसनको प्रकृया सक्ने योजनाका साथ काम भइरहेको जनाइएको छ ।

नबिल बैंकले उदयकृष्ण उपाध्याय र एनबि बैंकले इन्द्रबहादुर थापाको नेतृत्वमा मर्जर समिति बनाएको छ । समितिमा दुबै बैंकका २÷२जना सञ्चालकहरु पनि छन् ।

एनबी बैंकको एक्विजिसन पश्चात् नबिल बैंक चुक्ता पुँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुने देखिन्छ ।

Comments

Back to top