अर्थमन्त्री प्रमुख अतिथि भएको कार्यक्रममा विशेष अतिथि गभर्नर अनुपस्थित !

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिका रुपमा अर्थमन्त्रीलाई निमन्त्रण गरिएको थियो भने विशेष अतिथिको रुपमा गभर्नर महाप्रसाद अधिकारीलाई । तर गभर्नर अधिकारीले कार्यक्रममा सहभागि भएनन् । यसअघि गएको बुधबारको एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारी एउटै कार्यक्रममा सँगसँगै देखिएका थिए । तर कार्यक्रममा अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच बोलचाल भने भएन ।

अर्थमन्त्रालयको कार्यकक्षमा अर्थमन्त्री शर्माको अध्यक्षतामा भएको सम्पत्ति शुद्धिकरण निवारण अन्तर्गत राष्ट्रिय पुनरावलोकन परिषद्को बैठकमा गभर्नर अधिकारी डेढ घण्टा रहेका थिए । डेढ घण्टाको अवधिमा शर्मा र अधिकारीबीच हेराहेर समेत भएन । अधिकारीलाई बुधबारको कार्यक्रममा औपचारिक निम्तो दिइएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सहसचिवले प्रिजेन्टेसन गर्ने र अर्थमन्त्री शर्माले बोल्ने मात्रै सेड्युल थियो । यस्तै मंगलबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले गरेको एक कार्यक्रममा गभर्नर अधिकार सहभागि भएनन् ।

सो क्रममा अर्थमन्त्री शर्माले अदालतको अन्तरिम आदेशपछि पुनर्बहाली हुनुभएका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति कटाक्ष गरेका थिए । उनले ‘नियामकीय संघ–संस्थाहरूमा एउटा टुल्स प्रयोग गर्नेमा अर्को प्रयोग गरेमा त्यसले ठूलो चुनौती ल्याउने महसुस आफूले गरेको उल्लेख गरे ।

अर्थमन्त्री शर्माको प्रस्तावमा मन्त्रिपरिषद्को गएको चैत २४ गतेको बैठकले गभर्नर अधिकारीमाथि जाँचबुझ समिति गठन गरेको थियो । समिति गठनसँगै स्वतः निलम्बनमा परेका अधिकारी वैशाख ६ गते सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि पदमा पुनर्बहाली भएका छन् ।

Comments

Back to top