वैशाख २२ गतेसम्म यामाहाको ‘महा एक्सचेन्ज मेला’

यामाहाको ‘महा एक्सेन्ज मेला’ सुरू भएको छ । नेपालका लागि यामाहाका आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजद्वारा आयोजित यामाहा ‘महा एक्सचेन्ज मेला’ गत बिहीबारदेखि भृकुटीमण्डपमा सुरू भएको हो ।

एक हप्ता लामो यस महा मेला वैशाख २२ गतेसम्म आयोजना हुनेछ । नेपालकै सर्वाधिक ठूलो यस महा एक्सचेन्ज मेलामा थुप्रै सुविधा, र विभिन्न आकर्षक उपहारको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

मेलामा जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिने र सो गर्नेलाई बजार मूल्यांकनको अतिरिक्त १० हजार रूपैयाँ दिइने कम्पनीले घोषणा गरेको छ ।

एक्सचेन्ज मेलामा टेष्ट राइडको कार्यक्रम पनि राखिएको छ । उक्त टेष्ट राइडका सहभागीमध्येबाट हरेक दिन एक जनाले माउण्टेन फ्लाइटको टिकट उपहार प्राप्त गर्ने अवसर पनि रहेको छ ।

यसैगरी मेलामा यामाहाका कुनै पनि बाइक/स्कुटर लिन चाहनेहरूका लागि “अन द स्पट फाइनान्स” सुविधा पनि उपलब्ध रहेको छ । उक्त फाइनान्स सुबिधा अन्तर्गत ग्राहकलाई कुल मूल्यको ४० प्रतिशत अग्रिम भुक्तानी र सबैभन्दा न्यून किस्तामा बाइक/स्कुटर लिने सुबिधा दिइने कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त, मेलामा मोटरसाइकल किन्नेलाई निःशुल्क बाइक एक्सेसरीज प्रदान गर्ने र जुनसुकै ब्राण्डका मोटरसाइकल निःशुल्क चेक र वास गरिदिने, राइडिङ प्रतियोगिता, “डोर प्राइज”, र “डेली क्विज” जस्ता आकर्षणहरू रहेका छन् ।

Comments

Back to top