आर्थिक वृद्धिको लक्ष्य ७ प्रतिशत राख्दा, ५.८४ प्रतिशत हासिल

सरकारले चालु आर्थिक वर्षका लागि लिएको आर्थिक वृद्धिको लक्ष्य पुरा नहुने भएको छ । तथ्याङ्क विभागका अनुसार चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ५.८४ प्रतिशत मात्रै हुने अनुमान गरिएको छ । यस आर्थिक वर्षको लागि सरकारले ७ प्रतिशत वृद्धिको लक्ष्य राखेको थियो । गत आर्थिक वर्षमा पनि ७ प्रतिशतको लक्ष्य लिइएकोमा ४ प्रतिशतले मात्रै वृद्धि हासिल भएको थियो ।

कोभिड १९ को प्रभाव चालु आर्थिक वर्षमा देखिएको छ । कोभिडले बन्द भएका कतिपय उद्योग अझै जुर्मुराउन सकिरहेका छैनन् । अर्को तर्फ पर्यटन क्षेत्र अझै पनि माथि उठ्न सकिरहेको छैन । वैदेशिक व्यापार घाटा उच्च हुँदै गइरहेको देखिन्छ । चरम व्यापार घाटाका कारण वैदेशिक मुद्राको सञ्चिति पनि रित्तिदै गइरहेको छ। यी कारणहरुले गर्दा आर्थिक वृद्धिको लक्ष्य प्राप्ति गर्न गाह्रो भएको हो ।

Comments

Back to top