नेपालको अर्थतन्त्र संकटउन्मुख छैन:विश्व बैंक
विश्व बैंकले नेपालको अर्थतन्त्र संकटमा नरहेको र संकटउन्मुख पनि नभएको बताएको छ । अर्धवार्षिक प्रतिवेदन नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै विश्व बैंकले आफूले नेपालको अर्थतन्त्र संकटमा रहेको कहिल्यै नबताएको उल्लेख गरेको छ ।
विश्व बैंक नेपालकी वरिष्ठ अर्थशास्त्री एलिस जोन ब्रुक्सले भनिन्, “अहिले नेपालसँग साढे ६ महिनाको आयात मात्रै धान्ने विदेशी मुद्राको सञ्चिति भएका कारण अर्थतन्त्र संकटमा रहेको हो कि भन्ने शंका गरिएको छ ।” तर, विदेशी मुद्राको सञ्चितिले कति महिनाको आयात धान्छ भन्ने कुरा कथाको आधा भाग मात्रै रहेको बताईन् ।
नेपालले उच्च ब्याज तिर्नुपर्ने व्यावसायिक ऋण नलिएकाले पनि नेपाललाई विदेशी मुद्राको संकट नपर्ने ब्रुक्सको भनाइ छ ।
Comments