नागरिक लगानी कोषको साधारणसभा आज बस्दै, लाभांश प्रस्ताव पारित गरिने

नागरिक लगानी कोषको २९औं वार्षिक साधारणसभा आज असार ३१ गते सोमबार बस्दैछ । कोषको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा विहानको ११ बजेदेखि सभा गर्ने निर्णय गरेको हो ।

सभाले कोषको गत आर्थिक वर्ष (आव) को आम्दानीबाट १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै शेयरधनी र सञ्चालकहरूको तर्फबाट एक–एक जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारणसभा प्रयोजनार्थ कोषले असार २० गते नै बुक क्लोज गरिसकेको छ । यसका आधारमा असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्रै सभामा भाग लिन र पारित लाभांश पाउन योग्य हुनेछन् ।

एजेन्सी

Comments

Back to top