नेशनल हाइड्रोपावरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले मंसिर १६ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको जनाएको छ ।

शेयर रजिष्ट्रार नियुक्त भएसँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का लगायतका सम्पूर्ण काम मुक्तिनाथ क्यापिटलले गर्ने छ ।

 

Comments

Back to top