नेप्सेमा ३१.३१ अंकको गिरावट , सेयर कारोबार ८ अर्ब २५ करोड!

बिहिबार नेप्से परिसूचक ३१.३१ अंकले घटेर २,६८०.४४ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१४ कम्पनीको कुल १ करोड ८४ लाख ७४ हजार ०२४ कित्ता सेयरको करिब ८ अर्ब २५ करोड ७६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ४३ कम्पनीको सेयर मूल्य बढेको छ, १९७ कम्पनीको मूल्यमा गिरावट छ भने ४ कम्पनी स्थिर रहे।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा सामुदायिक गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड र थ्री स्टार हाइड्रोपावर रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा जानकी फाइनान्स् लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड २४ लाख बराबरको सेयर कारोबार भएको छ।भोल्यूमका आधारमा सबैभन्दा धेरै सिटीजन्स् म्युचुअल फण्ड १ को कारोबार भयो।

Comments

Back to top