प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने

प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्कासनका लागि विक्री प्रबन्धक र डिबेञ्चर ट्रष्टीमा सानिमा क्यापिटललाई नियुक्त गरेको हो ।

उक्त कार्यका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धर तथा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले १० वर्षे अवधि तथा वार्षिक ८ प्रतिशत ब्याजदर भएको “८ प्रतिशत प्राइम डिबेञ्चर २०९१” नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । कम्पनीले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । कुल कित्तामध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्ने जनाएको छ ।

त्यस्तै बाँकी रहेको १२ लाख कित्ता सर्वसाधारणलाई निष्कासन गर्नेछ । सर्वसाधारणलाई निष्कासन गर्ने कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषले छुट्याएको कम्पनीले जानकारी दिएको छ ।

एजेन्सी

Comments

Back to top