मनकामना स्मार्ट लघुवित्तको लक इन अवधि समाप्त

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि समाप्त भएको छ । असार २७ गते कम्पनीको १० लाख बढी कित्ता शेयरको लक इन अवधि समाप्त भएको हो।

यस कम्पनीले २०७८ असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारण (कर्मचारीहरू समेत) मा बिक्री खुला गरेको आईपीओ असार २८ गते बाँडफाँड गरेको थियो । धितोपत्र बोर्डले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरेको मितिले तीन वर्षसम्म संस्थापक शेयरधनी तथा कर्मचारीले धारण गरेको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था बमोजिम हाल कम्पनीको १० लाख आठ हजार ३५.४३ कित्ता संस्थापक शेयर र सात हजार ४२४.५३ कित्ता कर्मचारीहरूको शेयर (बोनस शेयर समेत) लक इनमा रहेको थियो ।

साथै, कम्पनीको सञ्चालक समितिका पदाधिकारीहरू तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूले भने शेयर खरिद बिक्री गर्न पाउने छैनन् ।

एजेन्सी

Comments

Back to top