गरिमा विकास बैंकको ४ लाख २६ हजार कित्ता शेयर बिक्रीमा

गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख २६ हजार ९९०.३० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

बैंकको उक्त शेयर संस्थापक शेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो । सो शेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति तथा संस्थाले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

एजेन्सी

Comments

Back to top