सपोर्ट लघुवित्तको १३% बोनस शेयर वितरण

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत चैत्र १७ गते सम्पन्न नवौं वार्षिक साधारणसभाबाट पारित भएको उक्त बोनस शेयर वितरण गरेको हो ।

धितोपत्र दोस्रो बजारमा असार १७ गते बोनस शेयर बापतको शेयर सूचीकृत गरी कम्पनीले सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो । पुस १५ गतेसम्म कायम शेयरधनीहरूले मात्रै कम्पनीको बोनस शेयर प्राप्त गरेका छन् ।

पुस १५ गतेसम्म शेयर धितो बन्धक राखि कर्जा लिएका सदस्यहरूको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भइसकेको भए फुकुवा गर्न कम्पनीले आग्रह गरेको छ ।

कम्पनीको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । बोनस शेयर हितग्राही खातामानै जम्मा गरिने भएकाले हालसम्म पनि हितग्राही खाता नखोलेका सदस्यहरूलाई यथाशीघ्र खोलि आफ्नो बोनस शेयर प्राप्त गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

एजेन्सी

Comments

Back to top