प्रि ओपन सेसनमा नेप्से परिसूचक १०.७१ अंकले बढ्यो !

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १०.७१ अंकले बढेको छ। 

मंगलबार १५.७९ अंकले बढेर २,१५२.१५ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,१६२.८६ मा खुलेको हो। कुल ७,८५१ कित्ता सेयरको खरिदबिक्री करिब ८० लाख बराबरको कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका ६३ कम्पनीमध्ये ४० को मूल्य बढ्यो भने २० कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन छैन।

यस अवधीमा कुल १०८ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top