नेप्सेमा १५.७९ अंकको वृद्धि, ५ अर्ब ५३ करोडको सेयर कारोबार!

मंगलबार नेप्से परिसूचक १५.७९ अंकले बढेर २,१५२.१४ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१६ कम्पनीको कुल १ करोड १६ लाख ६१ हजार २०८ कित्ता सेयरको करिब ५ अर्ब ५३ करोड ५९ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १६८ कम्पनीको सेयर मूल्य बढेको छ, ६८ कम्पनीको मूल्यमा गिरावट छ भने १० कम्पनी स्थिर रहेका छन्।

यस दिन कारोबार भएका ८ उपसमूहको परिसूचक घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ। १ उपसमूहको परिसूचक स्थिर रह्यो।

प्रमुख कारोबार

यस दिन टप गेनरमा गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ रहेकाे छ जसको सेयर मूल्य ५.४७% ले घटेको छ। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड ७७ लाख बराबरको सेयर कारोबार भएको छ।भोल्यूमका आधारमा सबैभन्दा धेरै न्यादी ग्रुप पावर लिमिटेडको कारोबार भयो।

Comments

Back to top