सूर्यज्योति लाइफको १.५७ लाख कित्ता शेयर बिक्रीमा

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी टेलि डाईरेक्ट प्रा.लि. को नाममा रहेको एक लाख ५७ हजार २९८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउनेछन् । सो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले खरीद गर्न चाहेको शेयर संख्या र मूल्य समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

साथै तोकिएको समयाविधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

एजेन्सी

Comments

Back to top