समता घरेलु र मनकामना स्मार्ट लघुवित्तले आजदेखि एकीकृत कारोबार गर्दै

समता घरेलु र मनाकामना स्मार्ट लघुवित्त आपसमा गाभिएर बनेको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असार २४ गतेबाट एकीकृत कारोबार शुरू गर्दैछ ।

काभ्रेपलाञ्चोकको बनेपा–७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त र रुपन्देहीको सिद्धार्थनगर–५ मा केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई आपसमा गाभिन गत जेठ २९ गते अन्तिम स्वीकृति दिइएको थियो । मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको बनेपा–७ मा रहनेछ ।

साथै डाटा माइग्रेसनका लागि असार २३ गतेदेखि दुबै कम्पनीले प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द गरेका थिए ।

एजेन्सी

Comments

Back to top