नेशनल लघुवित्तको ३८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले चारजना संस्थापक शेयरधनीहरूको नाममा रहेको ३८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले हाल कायम विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र निवेदन पेश गर्नु पर्नेछ । तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लाग आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

एजेन्सी

Comments

Back to top