नेप्से परिसूचक ३.७९ अंकले बढ्यो, फाइनान्स र व्यापारमा लगानीकर्ताको आकर्षण!

बुधबार नेप्से परिसूचक ३.७९ अंकले बढेर २,१०४.२२ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१४ कम्पनीको कुल १ करोड ७१ लाख ३४ हजार ०८२ कित्ता सेयरको करिब ५ अर्ब ८ करोड ३५ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १०१ कम्पनीको सेयर मूल्य बढेको छ, १३६ कम्पनीको मूल्यमा गिरावट छ भने १० कम्पनी स्थिर रहेका छन्।

यस दिन कारोबार भएका ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.१२ प्रतिशत बढेको छ।  

प्रमुख कारोबार

यस दिन टप गेनरमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड र आइसिएफसी फाइनान्स लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा चिरख्वा हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ४.७०% ले घटेको छ। कारोबार रकमका आधारमा मन्जुश्री फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड १ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै एनएमबी ५० को  कारोबार भयो।

Comments

Back to top