नेप्सेमा ४७.०४ अंकको वृद्धि, ४ अर्ब ५७ करोडको सेयर कारोबार !

मंगलबार नेप्से परिसूचक ४७.०४ अंकले बढेर २,१००.४३ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१५ कम्पनीको कुल १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयरको करिब ४ अर्ब ५७ करोड ६८ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २२७ कम्पनीको सेयर मूल्य बढेको छ, १७ कम्पनीको मूल्यमा गिरावट छ भने ३ कम्पनी स्थिर रहेका छन्।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा हिमालयन डिस्टिलरी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.५४ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ६.४६% ले घटेको छ। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १२ करोड ३३ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको प्रोमोटर सेयरको कारोबार भयो।

Comments

Back to top