सोमबार नेप्सेमा १६.२९ अंकको वृद्धि, कारोबार रकममा भने गिरावट !

सोमबार नेप्से परिसूचक १६.२९ अंकले बढेर २,०५३.३८ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२३ कम्पनीको कुल ७१ लाख ६५ हजार ७३५ कित्ता सेयरको करिब २ अर्ब ९९ करोड ९९ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १७६ कम्पनीको सेयर मूल्य बढेको छ, ६० कम्पनीको मूल्यमा गिरावट छ भने ११ कम्पनी स्थिर रहेका छन्।

यस दिन कारोबार भएका ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा हिमालय उर्जा विकास कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.७४ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा नेपाल फाइनान्स लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड १३ लाख बराबरको सेयर कारोबार भएको छ। 

Comments

Back to top