नेपाल हाईड्रो एण्ड इलेक्ट्रिक लिमिटेडको १८औं र १९औं वार्षिक साधारण सभा साउन ६ गते

नेपाल हाईड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले १८औं र १९औं वार्षिक साधारण सभा साउन ६ गते गर्ने भएको छ ।

कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले रुपन्देहीको बुटवलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहानको ११ बजेदेखि सभा बोलाएको हो ।

सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ ।

सभाको बैधानिकता बारे छलफल गर्ने, आव ०७८/७९ र ०७९/८० को सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै आव ०७९/८० र ०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ ।

साथै कम्पनीको पूँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट ऋण सीमाको स्वीकृति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

एजेन्सी

Comments

Back to top