नेशनल लाइफ इन्स्योरेन्सको २ लाख कित्ता संस्थापक शेयर विक्रीमा

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीकी शेयरधनी आराधनाा मल्लले आफ्नो नाममा रहेको शेयर विक्रीका लागि कम्पनीमा निवेदन पेश गरे अनुसार कम्पनीले संस्थापक शेयरधनीले नै खरिद गर्न पाउने गरी विक्रीमा राखेको हो ।

कम्पनी मल्लको नाममा रहेको २ लाख कित्ता शेयर विक्री गर्ने भएको हो । ईच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र म्पनीको प्रधान कार्यालयमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ ।

विक्री गरिने संस्थापक शेयरको विक्री मूल्य नियम अनुसार हुने प्रचलित मूल्य भन्दा कम नहुने कम्पनकिो भनाई छ । कम्पनीका संस्थापक शेयरधनीहरुले शेयर खरिदका लागि नियमअनुसार आवेदन नदिएमा प्रचलित कानुन अनुसार अन्य व्यक्ति, संस्थालाई विक्री गरिने जनाइएको छ ।

एजेन्सी

Comments

Back to top