नागरिक लगानी कोषले डाक्यो साधारणसभा

नागरिक लगानी कोषले २९ औं वार्षिक साधारणसभा असार ३१ गते सोमबार गर्ने भएको छ । कोषको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा डाकेको हो ।

सभाले कोषको गत आर्थिक वर्षको आम्दानीबाट १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।

त्यस्तै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै शेयरधनी र सञ्चालकहरूको तर्फबाट एक–एक जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कोषले असार २० गते बुक क्लोज गर्ने भएको छ । यसका आधारमा असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

एजेन्सी

Comments

Back to top