जसपाका मन्त्रीले लिए शपथ

जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी भएका मन्त्रीले शपथ लिएका छन् ।  सोमबार जसपाबाट सरकारमा सहभागी भएका प्रदीप यादव र हसिना खानले शपथ लिएका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा  उनीहरुले सपथ  लिएका हुन् । मन्त्री बनेका यादवलाई  राष्ट्रपति रामचन्द्र पौडेलले र राज्यमन्त्री बनेकी खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराए ।

यादवलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी र खानलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

जसपा नेपाल सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको नवगठित जसपा सरकारमा सहभागी भएको हो । जसपाले रञ्जु झालाई पनि मन्त्री बनाउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो । तर, उनलाई भने आज सहभागी गराईएको छैन ।

एजेन्सी

Comments

Back to top