नयाँ दल गठनविरुद्ध जसपा अध्यक्ष यादवद्वारा सर्वोच्चमा रिट
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
अध्यक्ष यादवले सोमबार निर्वाचन आयोग र जसपा नेपाल छाडेर नयाँ दल गठनमा सहभागी भएका सांसदहरूलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् ।
यादवद्वारा दायर रिटमा आयोगको निर्णयलाई खारेज गर्न माग गरिएको छ ।
Comments