रफाह खाली गर्न इजरायलको उर्दी
दक्षिणी गाजामा सैन्य कारबाही तीव्र पार्दै गएको इजरायलले हजारौं प्यालेस्टाइनीलाई रफाह छोड्न निर्देशन दिएको छ । इजरायली सेनाले रफाह छोडेर नजिकैको अल मावासी जान भनेको हो ।
समुद्री किनारमा रहेको मावासीलाई इजरायलले मानवीय क्षेत्र घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघीय निकायले सो क्षेत्रमा पिउने पानीको सुविधा नभएको भन्दै मानव बस्तीका लागि उपयुक्त नभएको बताएको छ ।
हमास र इजरयालबीच जारी युद्धका क्रममा गाजाबाट बिस्थापित हजार्रौ प्यालेस्टाइनीहरु रफाहमा शरण लिइ बसेकोमा इजरायली सेनाले सो क्षेत्रमा ब्यापक हमला गरिरहेको छ ।
स्थानीय र विस्थापित मानिसहरूले भरिभराउ भएका रफाहका केही भागहरू अहिले खण्डहरमा परिणत भएका छन् ।
इजरायलले रफाहमा योजनाबद्ध रुपमा आक्रमण सुरु गरेपछि प्यालेस्टाइनीहरुको हताहती र मानवीय संकट निम्तन सक्ने भन्दै अन्तराष्ट्रिय शक्ति राष्ट्रले चिन्ता व्यक्त गरेका छन् ।
एजेन्सी
Comments